सरकारले यस वर्ष गाडी नकिन्ने

सरकारले यस वर्ष गाडी नकिन्ने


काठमाण्डु – सत्ता गठबन्धन दलहरूले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन् । साेही क्रममा पौडेलले यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।