स्वार्थहरूको गठजोठबाट बनेको सरकारसँग देश बनाउने कुनै मिसन र भिजन छैन : ओली

स्वार्थहरूको गठजोठबाट बनेको सरकारसँग देश बनाउने कुनै मिसन र भिजन छैन : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्दै उनले  सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको बताएका हुन्।

अध्यक्ष ओलीले स्वार्थहरूको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने समेत बताए।

ओलीले भने, ‘अब हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ। एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौँ। मंसिर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकैदिन एकैचोटि गर्दैछौँ। यस निर्वाचनमा आगामी दिनमा देश कता जाने हो ? कस्तो हुने हो? देशले यस्ता स्वार्थहरूको जोडजामबाट बनेको सरकार, गन्तव्य नभएको, भिजन नभएको, मिसन नभएको दिशाहीन सरकार बनाएर देशलाई बर्बाद पार्ने कि एउटा सुदृढ, भिजनसहितको, मिसनसहितको, एमसहितको, गोलसहितको सरकार बनाउने तपाईंहरूकै हातमा छ।’

उनले राष्ट्रिय हितलाई केन्द्र भागमा र सर्वाेपरी राखेर, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई समेत ध्यानमा राखेर संविधान ल्याएपछि दाेस्राे निर्वाचनमा रहेकाे पनि बताए।

ओलीले भने,‘हाम्रो जस्तो देशमा अहिले ८० अर्बभन्दा धेरै ऋणमा डुबेको छ। स्रोत सुनिश्चिता भन्दै बिना योजना आफ्ना मान्छेहरुलाई पैसा बाँडेको छ। यो भन्दा स्वच्छाचारी र अलोकतान्त्रिक के हुनसक्छ? ’ एमालेले जनताको ओइलाएको आत्मविश्वासलाई पुर्नजागरित गरेर काम गरेको बताए। कोरोना महामारीमा खोप ल्याएर सबैलाई लगाएको दाबी गरे।