सरकारले जनताको पक्षमा काम गर्न सकेनः विमलेन्द्र निधि

सरकारले जनताको पक्षमा काम गर्न सकेनः विमलेन्द्र निधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको दावी गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उनले सरकार संघीयताविरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको पनि स्पष्ट पारे। उपसभापति निधिले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी समेत गरे।

उनले संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा आफ्नो पार्टी अझै सशक्त ढंगले अघि बढ्ने तयारीमा रहेको पनि बताए। उपसभापति निधिले पार्टी भित्र गुट–उपगुट नरहेकोे दावी समेत गरे। उनले पार्टीको विधान मस्यौदामाथि फरक मत रहे पनि त्यसलाई गुटउपगुटको रूपमा बुझ्न नहुने पनि स्पष्ट पारे।