सरकारको एक वर्षको समीक्षा गर्दै प्रधानमन्त्रीले भने-धेरै कामहरू गर्नुपर्ने छन्

सरकारको एक वर्षको समीक्षा गर्दै प्रधानमन्त्रीले भने-धेरै कामहरू गर्नुपर्ने छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संसदको दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकार बनेको १ वर्ष पूरा भएको छ ।

सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक सन्देश जारी गर्दै विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको दाबी गरेका छन् ।

टाइमलाइन नै तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलनको सुरुवात पनि आफ्नो सरकारले गरेको प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत् दाबी गरेका छन् ।

यस्तै नागरिकलाई प्रवाह गरिने सेवाहरूमा सरलता ल्याउनका लागि महत्त्वपूर्ण कानुनहरू पनि संशोधन भएको प्रधानमन्त्री ओलीले लेखेका छन् ।

अझै गर्नुपर्ने कामहरू धेरै भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले प्रदान गर्ने सेवा लिनका लागि अब लाइन बस्न नपर्ने र सबै काम अनलाइनबाट गर्ने प्रचलन पनि बढ्दै गएको बताएका छन् ।

उनले लेखेका छा्, ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ। नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।’