सरकारमा जाने मन्त्रीको टुंगो लगाउन फोरमको बैठक जारी


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेर सरकारमा जान तयार भएको संघीय समाजवादी फोरमले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारमा मध्यान्ह १२ वजेदेखि बैठक जारी छ ।

बैठकले सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउने बताइएको छ । नेकपासँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने बताइएको छ ।

यद्यपी फोरममा मन्त्री बन्नेको लागि आकांक्षी धेरै रहेकाले नाम टुंगो लगाउन सकस परेको स्रोतले बतायो । शहरी र स्वास्थ्य मन्त्रालय फोरमको भागमा परेको छ । शहरी मन्त्रालयको नेतृत्व फोरमका अध्यक्ष उपेन्द्र यादवले गर्नेछन् । त्यस्तै स्वास्थ्यमन्त्री र एक राज्यमन्त्री को बनाउने भन्ने बिषयमा छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement