नीति तथा कार्यक्रम : इतिहासकै तीव्र आर्थिक विकास वर्ष

नीति तथा कार्यक्रम : इतिहासकै तीव्र आर्थिक विकास वर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्षका रूपमा अगाडि बढाउने गरी नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले एक दशकमा मुलुकलाई समृद्ध मुलुकका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रकार सम्बोधन गर्दै मुलुकको समृद्धिलाई मुख्य आधार बनाएर सरकारको नीति तथा कार्यक्रमको घोषणा गरेकी छन् । यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा आगामी चार वर्षमा दोहोर अंकमा पु¥याइने गरी सरकारले कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

अधिकांश नीति तथा कार्यक्रम अघिल्लो वर्ष नै समेटिएका कार्यक्रम रहेका छन् । सरकारले राष्ट्रिय बचत २७ प्रतिशतले वृद्धि गरी मुलुकभित्र पुँजी निर्माणको बलियो आधार तयार पारेको उनले बताइन् । सरकारले तुइन भएका ठाउँमा झोलुंगे पुल लिएर खोलाखोलामा पुगेको घोषणा गर्दै आगामी वर्षदेखि कुनै पनि खोलामा तुइन नहुने कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले प्रतिव्यक्ति विद्युत् खपत ९० किलोवाट घण्टा वृद्धि भएको छ । सरकारले यही वर्षमा २८७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । यसैगरी सरकारले आगामी आर्थिक बर्षदेखि २५ वर्षे १५औं योजना कार्यान्वयन गर्ने भएको छ ।

यसैगरी, सरकारले आगामी ११ वर्षमा नेपाल मध्यम स्तरको आयभएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ भने आगामी ८१ वर्ष अर्थात् सन् २१०० सम्ममा नेपाल विकसित मुलुकको रुपमा पुग्ने महŒवकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।