काठमाण्डु – सरकारमा जाने वा प्रतिपक्षीमा बस्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक आज बस्दैछ ।
साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा जाने वा प्रतिपक्षीमा बस्ने निर्णय गर्न बैठक बस्न लागेकाे हाे । बैठकमा सरकारमा सहभागी हुने वा नहुने, प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने एजेण्डामा केन्द्रित हुने बताइएको छ ।
प्रचण्डले रास्वपालाई सरकारमा आउन सभापति रवि लामिछानेसँग पटकपटक आग्रह गरिसकेका छन् । तर, रवि सरकारमा जान अनिच्छुक देखिन्छन् । उनले उपचुनाव जितेलगत्तै सरकारमाथिको समर्थन फिर्ता लिनसक्ने संकेत गरेका थिए ।




प्रतिक्रिया