काठमाण्डु -सत्तारुढ गठवन्धनका शिर्ष नेताहरु नै सरकारमा सहभागी हुने भएका छन् । सत्तारुढ गठवन्धनको शुक्रवार बसेको बैठकमा बिहिवारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारमा शिर्ष नेताहरु नै सहभागी हुने सहमति भएको हो ।
प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार नगरेको भन्दै जनस्तरमा आलोचना भइरहेको बेला सत्तारुढ दलका शिर्ष नेताहरु आगामी बिहिवारभित्र मन्त्रिपरिषदलाई पूर्णता दिन सहमत भएका हुन ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच मन्त्रिमण्डल विस्तार र शक्ति वांडफांडका विषयमा छलफल भएको थियो ।
त्यसैगरी शुक्रवार सांझ समेत प्रधानमन्त्री देउवा, नेपाल, प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव,कांग्रेस नेता पूर्ण बहादुर खड्का र वामदेव गौतमसहितको छलफल भएको थियो ।
छलफलमा तीन जना उपप्रधानमन्त्री बनाउने विषयमा सहमती जुटेको स्रोतको दावी छ । जसमा जसपाका अध्यक्ष यादव,वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी हुने सहमती समेत भएको छ ।
गौमतले भौतिक योजना मन्त्रालय मागेको स्रोतको दावी छ । त्यसैगरी परराष्ट्रमा श्रेष्ठले दावी गरेका छन् । तर, देउवाले परराष्ट्रमा नारायण खड्कालाई पठाउने तयारी गरिसकेका छन् । नेपाल नेतृत्वको एकिकृत पार्टीबाट गौतमसहित किसान श्रेष्ठ,प्रेम आले,विरोध खतिवडा र रामकुमारी झांक्रीलाई मन्त्री बनाउने तयारी छ ।




प्रतिक्रिया