यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठ)


काठमाण्डु – सरकारले चालू आर्थिक वर्ष २०७९-८० को समीक्षासहित आर्थिक सर्वेक्ष्ण सार्वजनिक गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सर्वेक्षणले अर्थतन्त्र सुधार हुँदै गएको बताएको छ।

सर्वेक्षणमा भनिएको छ,‘ आर्थिक वर्ष २०७९।८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख छ। चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ। त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ। ’

यस्तै चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिएको छ । ‘यस अवधिमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २.२४ प्रतिशत र ६.५६ प्रतिशत रहेको थियो’, सर्वेक्षणमा भनिएको छ।

यस्ताे छ आर्थिक सर्वेक्षणको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस
Advertisement