सरकारले समृद्ध नेपाल र सुखी नेपालीको अभियान अघि बढाएको छ : कार्यवाहक प्रधानमन्त्री पोखरेल

सरकारले समृद्ध नेपाल र सुखी नेपालीको अभियान अघि बढाएको छ : कार्यवाहक प्रधानमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अब आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई अघि बढाएको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उनले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले विद्यमान ऐन, कानुनलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता जनाएका थिए।

पोखरेलले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको जगमा संघीयता, समावेशिता लगायतका सिद्धान्तलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने पनि बताए। उनले बोक्सी, दाइजो लगायतका सामाजिक कुरुतीविरुद्ध अभियान नै संचालन गरेर अघि बढने योजना रहेको समेत बताए।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न महिलाहरूको क्षेत्रमा कार्यरत संघ, संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराएका थिए।  दुई दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एशीयाली क्षेत्रमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ।