सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते सरकारका नीति तथा कायृक्रम प्रस्तुत गरेकी थिइन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको जानकारी दिएका हुन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र सोमवार दुई दिनसम्म छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए ।