काठमाण्डु – फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीलाई लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीबाट अवैध चुनावी कोष लिएको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको छ ।
जेल सजाय फैसलापछि सारकोजी जेल जाने पहिलो फ्रान्सेली राष्ट्रपति बनेका छन् । दोस्रो विश्वयुद्धपछि कुनै पनि फ्रान्सेली नेतामाथि जेल सजायको फैसला भएको पहिलो घटना हो ।
यसअघि सन् १९४५ मा नाजी सहयोगी फिलिप पेटेनलाई देशद्रोहको अभियोगमा जेल हालिएको थियो । सारकोजीले सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति भएर काम गरेका थिए । उनी अहिले पेरिसस्थित ला सान्ते जेलको आइसोलेसन विङमा छन्, जहाँ उनको कोठा करीब ९ वर्ग मिटरको रहेको बताइएको छ ।
पूर्वराष्ट्रपति सारकोजीले आफू निर्दोष रहेको दाबी गर्दै अदालतको निर्णयविरुद्ध अपिल दर्ता गरेका छन् । उनका छोरा लुइस सारकोजीले सामाजिक सञ्जालमार्फत् समर्थनका लागि आह्वान गरेपछि करीब १०० जना समर्थक जेल बाहिर भेला भएका थिए ।




प्रतिक्रिया