काठमाण्डु – सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भारी मतान्तरसहित अग्रता लिएका छन्।
पछिल्लो परिणामअनुसार सर्लाही–मा रास्वपाका अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ४ हजार ४३१ मतले पछाडि पारेका छन्। सिंहले ११ हजार ३८३ मत ल्याउँदा थापाले ६ हजार ९५२ मत पाएका छन्।
सर्लाही–३ मा रास्वपाकै नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा छन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५ हजार ७४२ मतका साथ पछ्याइरहेका छन्।
यस्तै सर्लाही –२ मा रास्वपाका रबवन महतो २८ हजार ९९१ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले ६ हजार ७५ मत ल्याएका छन्।
सर्लाही–१ मा रास्वपाका नितिमा भण्डारी (कार्की)ले २४ हजार १८६ मत ल्याई अगाडि छिन्। उनका प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ३ हजार ६३४ र एमालेका मनोजकुमार देवकोटाले ३ हजार ३३७ मत ल्याएका छन्।




प्रतिक्रिया