काठमाण्डु- सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेका हुन् ।
सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सफल भए ।
सुरूमा मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरका सिंह पछि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका थिए ।
२०७० र २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर फेरि विजयी भएका थिए ।
काठमाण्डु ४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेशबाट उम्मेदवारी दिएका थिए ।
उनी २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए । दोस्रो संविधान सभामा काठमाण्डु–४ बाट विजयी भएका थापा २०७४ र २०७९ सालको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए । २०७० सालमा उनी स्वास्थ्य मन्त्री पनि बनेका थिए ।




प्रतिक्रिया