मुर्ति विसर्जनको विवाद बढ्दा मलंगवा बजार क्षेत्रमा कर्फ्यू

मुर्ति विसर्जनको विवाद बढ्दा मलंगवा बजार क्षेत्रमा कर्फ्यू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – मूर्ति विसर्जनको विषयमा विवाद बढेपछि सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार कर्फ्यूको निर्णय गर्दै आज शनिवार साँझ ५ बजेदेखि आईतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले मलंगवाको स्थिति तनावग्रस्त बनेको र नियन्त्रण बाहिर जान सक्ने भएपछि स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको बताए । कर्फ्यू आदेश जारी भएसँगै बजार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कृष्ण जन्माष्टमी पूजापछि मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ २ समुदायबीच झडप भएको थियो, जसका कारण विवाद बढ्दै गएको छ ।

मलंगवा बजार क्षेत्रमा बिहानैदेखि विरोध प्रदर्शन शुरू भएको थियो । फेरि झडपको स्थिति आउने सक्ने देखिएपछि चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।