हतारमा विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव


काठमाण्डु -मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा बैठक बोलाएर आजै विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेशको प्रदेशसभा बैठक अगामी जेठ ३२ गते बस्ने भनिएको थियो । तर, आज मुख्यमन्त्रीले यादवले आकस्मिक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाको आकस्मिक बैठक आज साँझ ५ बजेको लागि बोलाइएको छ ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था छ । पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement