धामीझाँक्रीको भर पर्दा सर्पले डसेकी बालिकाको मृत्यु

धामीझाँक्रीको भर पर्दा सर्पले डसेकी बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ–विषालु सर्पले डस्दा दाङको घोराही उपमहानगरपालिका–६ गुरुवामा एक बालिकाको मृत्यु भएको छ।

सर्पले डस्दा बालिकाकी आमाको अवस्था पनि गम्भीर छ।

गएराति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। बालिकाकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए।

गम्भीर अवस्थाकी २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। –रासस