भेटियो सारुकको सुसाइड नोट, कसैलाई दोष नदिन प्रहरीलाई आग्रह

भेटियो सारुकको सुसाइड नोट, कसैलाई दोष नदिन प्रहरीलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अभिनेता सारुक ताम्राकारको सुसाइड नोट भेटिएको छ। गत असार २१ गते घरमै मृत भेटिएका ३१ वर्षीय ताम्राकारले प्रयोग गर्दै आएको मोबाइल फोनको ल्याब परीक्षणबाट उनले लेखेको सुसाइड नोट भेटिएको हो।

एक प्रहरी अधिकारीका अनुसार सारुकले आफ्नो सुसाइड नोटमा कसैलाई दोष नदिन भनेका छन्। कार्कीले मेडिकल रिपोर्टबाट पनि सारुकले आत्महत्या गरेको देखिएको बताएका छन्। प्रहरीलाई पनि सम्बोधन गरेका उनले आफ्नै गल्तीले यो सबै भएकाले कसैलाई विवादमा नल्याउन पनि भनेका छन्। काठमाण्डुको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका उनले आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको थियो।

प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबमा भएको परीक्षण रिपोर्ट आएको काठमाण्डु प्रहरी परिसर प्रमुख एसएसपी दान कार्कीले बताएका छन्। उनले उक्त ल्याब रिपोर्टका आधारमा थप अनुसन्धान भइरहेको पनि जानकारी दिएका छन्।