प्रमुख प्रशासकीय अधिकृतविहीन ४ उपमहानगरमा सहसचिवहरूको सरुवा

प्रमुख प्रशासकीय अधिकृतविहीन ४ उपमहानगरमा सहसचिवहरूको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रशासकीय अधिकृतविहीन ४ उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले ४ वटा उपमहानगरपालिकासहित प्रधानमन्त्री कार्यालय र शहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवका रूपमा काजमा खटाइएको जनाइएको छ ।

सामान्यमै अतिरिक्त समूहमा रहेका टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्रप्रसाद भुसाललाई पठाएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा दीपक ज्ञवालीलाई पठाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञानहरि घिमिरेलाई पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सहसचिव नवराज शर्माको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।