६ सचिवको सरुवा, को कहाँ पुगे ?

६ सचिवको सरुवा, को कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले अर्थमन्त्रालयका सचिव तोयम रायसहित ६ जना सचिव सरुवा गरेको छ । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रालयका सचिव रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको हो।

यसैगरी अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका सचिव अर्जुन पोखरेललाई ल्याइएको छ । त्यस्तै बुधबार मात्रै पकाउ भएका उपराष्ट्रपति कार्यालयका सचिवलाई टेक नारायण पाण्डेदलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । पाण्डेको सचिव पद निलम्बन भइसकेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुमन अर्याललाई तानिएको छ । त्यस्तै महिला मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको हो।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै व्यवस्थापन गरिएको छ । यता राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।