आफ्नै निर्णय लत्याउँदै मन्त्रालय  :स्थानीय तहका कर्मचारीको सरुवा पुनः सुचारु

आफ्नै निर्णय लत्याउँदै मन्त्रालय  :स्थानीय तहका कर्मचारीको सरुवा पुनः सुचारु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा पुनः सुचारु गर्ने भएको छ । कर्मचारी सरुवा र बढुवालाई अनलाइन प्रणाली लैजाने भन्दै यसअघि सरुवा बन्द गरिएको थियो ।

स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइनसकेको, सफ्टवेयर निर्माणको क्रममा रहेको, रिक्त पदमा पूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको र कतिपय स्थानीय तहले विगतमा जारी भएका सहमति–पत्रबाट हाल सरुवा र कामकाजमा नखटाइदिन अनुरोध भएको भन्दै मन्त्रालयले विगतको आफ्नै निर्णय रद्द गरेको हो ।

यस अवस्थामा सरुवालाई व्यवस्थित बनाउँदै जनाउँदै मन्त्रालयले सरुवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि मन्त्रालयले निश्चित मापदण्ड बनाउन गृहकार्य गरिरहेको सहसचिव एवं वसन्त अधिकारीले बताए ।

मन्त्रालयले नियमित सरुवा प्रक्रियाका लागि प्रत्येक आर्थिक वर्ष भदौ १५ गतेसम्म निवेदन लिने, परेका निवेदनमाथि १५ दिनभित्र छानबिन गर्ने, २१ दिनभित्र बोर्डमा पेस गर्ने र त्यसको सात दिनभित्र निर्णय गरिसक्ने गरी व्यवस्था गर्ने भएको छ । तर, यसै आर्थिक वर्षका हकमा भने केही दिनमै सूचना प्रकाशित गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनलाइनबाट निवेदन दिन सक्ने सूचना प्रकाशित गर्नेछ ।त्यसै गरी, सरुवाका लागि मन्त्रालय धाउनुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताउँदै मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने– ‘सरुवाका लागि अब निवेदन दिन मन्त्रालयमा नै आउनुपर्दैन, अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्दै छौं ।’-यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।