सास गन्हायो ? अपनाउनुस् यी उपाय

सास गन्हायो ? अपनाउनुस् यी उपाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- के तपाईँ आफ्नो सास सधैँ ताजा महसुस नहुने र नराम्रो गन्ध आउने चिन्ताले ग्रसित हुनहुन्छ र त्यसकै कारण कसैको नजिक जान हिचकिचाउनुहुन्छ? चिन्ता नगर्नुहोस्–यो एक सामान्य अवस्था हो र यसका समाधानहरू पनि छन् ।

दाँत सफा राख्नु भनेको हाम्रो दाँत र गिजाबीचको खाली ठाउँ तथा जिब्रोको भित्री भागमा रहने ब्याक्टेरियाविरुद्धको कहिल्यै नसकिने लडाइँजस्तै हो ।

यदि तपाईँले यी ब्याक्टेरियाहरूलाई हटाउनुभएन भने ती त्यहाँ निकै फैलन सक्छन् र गिजासम्बन्धी गम्भीर रोग निम्त्याउन सक्छन् । तर यसलाई रोक्ने तरिकाहरू छन् ।

सास किन गन्हाउँछ?

संसारभरि सास गन्हाउने मुख्य कारणहरूमध्ये एक ‘पेरिओडोन्टाइटिस’ हो । यसलाई गिजा तल झर्ने अवस्थासमेत भनिन्छ ।

अध्ययनहरूका अनुसार आधा वयस्क जनसंख्यामा कुनै न कुनै प्रकारको गिजाको रोगबाट ग्रसित हुन्छ । ९० प्रतिशतजति सास गन्हाउने कुरा सम्भवतः त्यसकै कारण हुनेगर्छ । बाँकी १० प्रतिशतका अन्य कारणहरू छन् ।

राम्ररी नियन्त्रण नभइरहेको मधुमेहमा एक निश्चित प्रकारको सास हुन्छ । यदि पाचनसँग सम्बन्धित समस्या तथा ग्यास्ट्रिक रिफ्लक्स भएका बिरामी छन् भने उनीहरूको एकखाले अमिलो सास हुन्छ । त्यस्तोमा ओरल क्याभिटीमा देखा पर्ने प्रणालीगत रोगहरू हुन्छन् ।

के गर्न ?

१. समस्याको जरोसम्मै पुग्नुहोस्– यदि तपाईँले आफ्नो दाँत र गिजाबीचमा रहने ब्याक्टेरिया सफा गर्नुभएन भने यसले सूक्ष्मखाले घाउ र पछि गिजाबाट रगत बग्ने समस्या निम्त्याउन सक्छ । यो गिजाबारे हुने रोगको प्रारम्भिक चरण हो । तर यो अवस्थामै त्यसलाई सुल्झाउन सकिन्छ ।

जिन्जिभाइटिस भनेको गिजा सुन्निने अवस्था हो र तपाईँले ब्रश गर्दा तपाईँको गिजा रातो, सुन्निएको र रगत बगिरहेको देख्नुहुन्छ । त्यो पेरिओडोन्टाइटिसको चरणमा बढ्छ ।

ब्रश गर्दा गिजा रातो भएको, सुन्निएको वा रगत बगिरहेको छ या छैन भनेर जाँच गर्ने गर्नुहोस् तर धेरै चिन्ता नगर्नुहोस् किनकि त्यसपछि पनि अवस्था सुधार्ने कामका लागि समय छ ।

२. ध्यान दिएर ब्रश गर्नुहोस्– तपाईँले राम्रोसँग ब्रश गर्न समय निकाल्न आवश्यक छ । सबैभन्दा राम्रो तरिका तपाईँले आफ्नो ऐनाको अगाडि उभिएर राम्रोसँग ध्यान केन्द्रित गर्नु हो । धेरैजसो दाहिने हात प्रयोग गर्ने व्यक्तिहरूले अनजानमै आफ्नो बायाँतर्फ लामो समयसम्म ब्रश गर्छन् भने देब्रे हात चलाउने व्यक्तिहरूले आफ्नो दायाँतर्फ लामो समयसम्म ब्रश गर्छन् । त्यसले गर्दा कम ध्यान पाउने छेउमा बढी सुजन हुन सक्छ ।

तपाईँ कुन हात प्रयोग गर्दै हुनुहुन्छ भन्नेबारे सचेत रहनुहोस् र दुवैतर्फ समान रूपमा सावधानीपूर्वक ब्रश गर्ने प्रयास गर्नुहोस् ।

३. सही तरिकारे ब्रश गर्नुहोस्– सबैभन्दा पहिला दाँतहरूबीचका अन्तरको सफाइबाट सुरु गर्न गर्नुहोस् । प्लाक हटाउने र

गिजाको स्वास्थ्यलाई मद्दत गर्ने सन्दर्भमा ‘इन्टर्डेन्टल’ ब्रश प्रयोग गर्नु राम्रो हुन्छ । यो प्रयोग गरेपछि आफ्नो टूथब्रशलाई मुखमा सार्दा हतार नगरीकन व्यवस्थित तरिका अपनाउनुपर्छ ।

प्रत्येक दाँतमा बाहिरी, चपाउने र भित्री गरी तीन तहहरू हुन्छन् भन्ने ख्याल राख्न जरुरी छ र ती सबैलाई ध्यानपूर्वक सफा गर्न आवश्यक छ ।

धेरै मानिसहरू आफ्नो ब्रशलाई दाँतमा ९० डिग्रीको कोणमा समातेर अगाडि–पछाडि थिचेर ब्रश गर्छन् । तर यो विधिले गिजा तल झर्ने समस्या निम्त्याउन सक्छ ।

टूथब्रशलाई दाँतमा लगभग ४५ डिग्रीको कोणमा समातेर बिस्तारै ब्रश गर्नुपर्छ । तल्लो दाँतमा रहेको गिजाको रेखातिर र माथिल्लो दाँतमा रहेको गिजाको रेखातिर ब्रशको माझ्ने भाग तेस्र्याएर ब्रश गर्नुहोस् । यसले गिजाको रेखामुनि लुकेका ब्याक्टेरियाहरू हटाउन मद्दत गर्छ ।

४. सही समयमा ब्रश गर्नुहोस्– खाना खाएपछि दाँत माझ्नु सही कुरा हो । आदर्श रूपमा बिहानको खाजा खानुअघि ब्रश गर्नुपर्छ । अम्लीय पदार्थ खाएपछि ब्रश गर्नुहुन्न किनभने यसले दाँतको खनिज पदार्थ, इनामेल र डेन्टीनमा प्रभाव पार्छ ।

खानामा रहेको अम्ल (एसिड)ले दाँतको सतहमा रहेको सुरक्षात्मक इनामेल र तलको डेन्टीनलाई नरम बनाउँछ । त्यसैले खाना खाएपछि तुरुन्तै दाँत माझ्दो दाँतको इनामेललाई क्षति पु¥याउन सक्छ ।

यदि बिहानको खाजा खाइसकेपछि ब्रश गर्न चाहनुहुन्छ भने आफ्नो खाजा र दाँत माझ्ने समयबीचमा केही समय छोड्नुपर्छ ।

तपाईँले आफ्नो मुख कुल्ला गर्नुपर्छ र केही समय पर्खनुपर्छ । त्यसका साथै दिनमा दुई पटक दुई मिनेट दाँत माझ्नु आदर्श भए तापनि केही मानिसहरूले दिनमा एक पटक राम्ररी ब्रस गर्नु पर्याप्त मान्न सक्छन् ।

राति सुत्दा मुखभित्र र्‍ यालको प्रवाह कम हुन्छ र त्यसले ब्याक्टेरियालाई रातको समयमा दाँतलाई बढी क्षति पुर्‍याउन सघाउँछ ।

५. सही उपकरणहरू छान्नुहोस्– मध्यम कडापन भएको टूथब्रश प्रयोग गर्नुहोस् । टूथपेस्ट पनि महँगो हुनु पर्दैन । रमाइलो कुरा के छ भने जबसम्म यसमा फ्लोराइड हुन्छ, तब त्यो ठिक हुन्छ । खनिजले दाँतको इनामेललाई बलियो बनाउँछ र यसलाई क्षयको लागि बढी प्रतिरोधी बनाउँछ ।

ब्रश गरेपछि थुक्नुहोस् तर कुल्ला नगर्नुहोस् किनभने टूथपेस्ट र फ्लोराइड मुखमा रहिरहोस् । यसले दाँतको क्षय रोक्न मद्दत गर्छ ।

यदि तपाईँले गिजाको रोगका प्रारम्भिक लक्षणहरू अनुभव गरिरहनुभएको छ भने ‘माउथवाश’ पनि प्रयोग गर्न मिल्छ किनकि यसले प्लाक र ब्याक्टेरिया निर्माण कम गर्न मद्दत गर्दछ ।

यसले टूथपेस्टमा रहेको फ्लोराइडलाई पखाल्न सक्ने हुँदा ब्रश गरेपछि यसलाई प्रयोग नगर्नुहोस् ।

६. गम्भीरखाले गिजा रोग चिन्नुहोस्-यदि गिजा तल झर्ने (पेरिओडोन्टाइटिस) बढ्दै गयो भने दाँतको बीचमा खाली ठाउँहरू बन्न थालेको देख्नुहुन्छ ।

दाँतलाई समात्ने हड्डी क्षय हुँदै जाँदा दाँतहरू खुकुला हुन सक्छन् । यदि यो अवस्था नियन्त्रण गरिएन भने हड्डीको क्षति निकै गम्भीर स्तरमा पुगेर दाँत झर्न सक्छ ।

लगातार सास गन्हाउने अनुभव पनि गर्न सक्नुहुन्छ । तपाईँले यी लक्षणहरू अनुभव गर्न थाल्दा तत्कालै दन्तचिकित्सकलाई भेट्नुहोस् ।

७. पानी पिउनुहोस् र जिब्रो सफा राख्नुहोस्– सास ताजा पार्न केही तत्कालै केही अन्य काम पनि गर्न सकिन्छ । जस्तै प्रशस्त पानी पिउनुपर्छ किनभने यसले मुखलाई सुक्खा रहन दिदैन । मुख सुक्खा हुँदा ब्याक्टेरिया बढ्न सक्छ ।

स्क्रेपरले आफ्नो जिब्रो सफा गर्नुहोस् । यसले सास गन्हाउन सघाउने खानाका कण, ब्याक्टेरिया र मृत कोशिकाहरू हटाउँछ

के तपाईँ आफ्नो सास सधैँ ताजा महसुस नहुने र नराम्रो गन्ध आउने चिन्ताले ग्रसित हुनहुन्छ र त्यसकै कारण कसैको नजिक जान हिचकिचाउनुहुन्छ? चिन्ता नगर्नुहोस्–यो एक सामान्य अवस्था हो र यसका समाधानहरू पनि छन् ।

दाँत सफा राख्नु भनेको हाम्रो दाँत र गिजाबीचको खाली ठाउँ तथा जिब्रोको भित्री भागमा रहने ब्याक्टेरियाविरुद्धको कहिल्यै नसकिने लडाइँजस्तै हो ।

यदि तपाईँले यी ब्याक्टेरियाहरूलाई हटाउनुभएन भने ती त्यहाँ निकै फैलन सक्छन् र गिजासम्बन्धी गम्भीर रोग निम्त्याउन सक्छन् । तर यसलाई रोक्ने तरिकाहरू छन् ।

सास किन गन्हाउँछ?

संसारभरि सास गन्हाउने मुख्य कारणहरूमध्ये एक ‘पेरिओडोन्टाइटिस’ हो । यसलाई गिजा तल झर्ने अवस्थासमेत भनिन्छ ।

अध्ययनहरूका अनुसार आधा वयस्क जनसंख्यामा कुनै न कुनै प्रकारको गिजाको रोगबाट ग्रसित हुन्छ । ९० प्रतिशतजति सास गन्हाउने कुरा सम्भवतः त्यसकै कारण हुनेगर्छ । बाँकी १० प्रतिशतका अन्य कारणहरू छन् ।

राम्ररी नियन्त्रण नभइरहेको मधुमेहमा एक निश्चित प्रकारको सास हुन्छ । यदि पाचनसँग सम्बन्धित समस्या तथा ग्यास्ट्रिक रिफ्लक्स भएका बिरामी छन् भने उनीहरूको एकखाले अमिलो सास हुन्छ । त्यस्तोमा ओरल क्याभिटीमा देखा पर्ने प्रणालीगत रोगहरू हुन्छन् ।

के गर्न ?

१. समस्याको जरोसम्मै पुग्नुहोस्

यदि तपाईँले आफ्नो दाँत र गिजाबीचमा रहने ब्याक्टेरिया सफा गर्नुभएन भने यसले सूक्ष्मखाले घाउ र पछि गिजाबाट रगत बग्ने समस्या निम्त्याउन सक्छ । यो गिजाबारे हुने रोगको प्रारम्भिक चरण हो । तर यो अवस्थामै त्यसलाई सुल्झाउन सकिन्छ ।

जिन्जिभाइटिस भनेको गिजा सुन्निने अवस्था हो र तपाईँले ब्रश गर्दा तपाईँको गिजा रातो, सुन्निएको र रगत बगिरहेको देख्नुहुन्छ । त्यो पेरिओडोन्टाइटिसको चरणमा बढ्छ ।

ब्रश गर्दा गिजा रातो भएको, सुन्निएको वा रगत बगिरहेको छ या छैन भनेर जाँच गर्ने गर्नुहोस् तर धेरै चिन्ता नगर्नुहोस् किनकि त्यसपछि पनि अवस्था सुधार्ने कामका लागि समय छ ।

२. ध्यान दिएर ब्रश गर्नुहोस्

तपाईँले राम्रोसँग ब्रश गर्न समय निकाल्न आवश्यक छ । सबैभन्दा राम्रो तरिका तपाईँले आफ्नो ऐनाको अगाडि उभिएर राम्रोसँग ध्यान केन्द्रित गर्नु हो । धेरैजसो दाहिने हात प्रयोग गर्ने व्यक्तिहरूले अनजानमै आफ्नो बायाँतर्फ लामो समयसम्म ब्रश गर्छन् भने देब्रे हात चलाउने व्यक्तिहरूले आफ्नो दायाँतर्फ लामो समयसम्म ब्रश गर्छन् । त्यसले गर्दा कम ध्यान पाउने छेउमा बढी सुजन हुन सक्छ ।

तपाईँ कुन हात प्रयोग गर्दै हुनुहुन्छ भन्नेबारे सचेत रहनुहोस् र दुवैतर्फ समान रूपमा सावधानीपूर्वक ब्रश गर्ने प्रयास गर्नुहोस् ।

३. सही तरिकाले ब्रश गर्नुहोस्

सबैभन्दा पहिला दाँतहरूबीचका अन्तरको सफाइबाट सुरु गर्न गर्नुहोस् । प्लाक हटाउने र गिजाको स्वास्थ्यलाई मद्दत गर्ने सन्दर्भमा ‘इन्टर्डेन्टल’ ब्रश प्रयोग गर्नु राम्रो हुन्छ । यो प्रयोग गरेपछि आफ्नो टूथब्रशलाई मुखमा सार्दा हतार नगरीकन व्यवस्थित तरिका अपनाउनुपर्छ ।

प्रत्येक दाँतमा बाहिरी, चपाउने र भित्री गरी तीन तहहरू हुन्छन् भन्ने ख्याल राख्न जरुरी छ र ती सबैलाई ध्यानपूर्वक सफा गर्न आवश्यक छ ।

धेरै मानिसहरू आफ्नो ब्रशलाई दाँतमा ९० डिग्रीको कोणमा समातेर अगाडि–पछाडि थिचेर ब्रश गर्छन् । तर यो विधिले गिजा तल झर्ने समस्या निम्त्याउन सक्छ ।

टूथब्रशलाई दाँतमा लगभग ४५ डिग्रीको कोणमा समातेर बिस्तारै ब्रश गर्नुपर्छ । तल्लो दाँतमा रहेको गिजाको रेखातिर र माथिल्लो दाँतमा रहेको गिजाको रेखातिर ब्रशको माझ्ने भाग तेस्र्याएर ब्रश गर्नुहोस् । यसले गिजाको रेखामुनि लुकेका ब्याक्टेरियाहरू हटाउन मद्दत गर्छ ।

४. सही समयमा ब्रश गर्नुहोस्

खाना खाएपछि दाँत माझ्नु सही कुरा हो । आदर्श रूपमा बिहानको खाजा खानुअघि ब्रश गर्नुपर्छ । अम्लीय पदार्थ खाएपछि ब्रश गर्नुहुन्न किनभने यसले दाँतको खनिज पदार्थ, इनामेल र डेन्टीनमा प्रभाव पार्छ ।

खानामा रहेको अम्ल (एसिड)ले दाँतको सतहमा रहेको सुरक्षात्मक इनामेल र तलको डेन्टीनलाई नरम बनाउँछ । त्यसैले खाना खाएपछि तुरुन्तै दाँत माझ्दो दाँतको इनामेललाई क्षति पु¥याउन सक्छ ।

यदि बिहानको खाजा खाइसकेपछि ब्रश गर्न चाहनुहुन्छ भने आफ्नो खाजा र दाँत माझ्ने समयबीचमा केही समय छोड्नुपर्छ ।
तपाईँले आफ्नो मुख कुल्ला गर्नुपर्छ र केही समय पर्खनुपर्छ । त्यसका साथै दिनमा दुई पटक दुई मिनेट दाँत माझ्नु आदर्श भए तापनि केही मानिसहरूले दिनमा एक पटक राम्ररी ब्रस गर्नु पर्याप्त मान्न सक्छन् ।
राति सुत्दा मुखभित्र  र्‍ यालको प्रवाह कम हुन्छ र त्यसले ब्याक्टेरियालाई रातको समयमा दाँतलाई बढी क्षति पु¥याउन सघाउँछ ।

५. सही उपकरणहरू छान्नुहोस्

मध्यम कडापन भएको टूथब्रश प्रयोग गर्नुहोस् । टूथपेस्ट पनि महँगो हुनु पर्दैन । रमाइलो कुरा के छ भने जबसम्म यसमा फ्लोराइड हुन्छ, तब त्यो ठिक हुन्छ । खनिजले दाँतको इनामेललाई बलियो बनाउँछ र यसलाई क्षयको लागि बढी प्रतिरोधी बनाउँछ ।

ब्रश गरेपछि थुक्नुहोस् तर कुल्ला नगर्नुहोस् किनभने टूथपेस्ट र फ्लोराइड मुखमा रहिरहोस् । यसले दाँतको क्षय रोक्न मद्दत गर्छ ।

यदि तपाईँले गिजाको रोगका प्रारम्भिक लक्षणहरू अनुभव गरिरहनुभएको छ भने ‘माउथवाश’ पनि प्रयोग गर्न मिल्छ किनकि यसले प्लाक र ब्याक्टेरिया निर्माण कम गर्न मद्दत गर्दछ ।

यसले टूथपेस्टमा रहेको फ्लोराइडलाई पखाल्न सक्ने हुँदा ब्रश गरेपछि यसलाई प्रयोग नगर्नुहोस् ।

६. गम्भीरखाले गिजा रोग चिन्नुहोस्य

यदि गिजा तल झर्ने (पेरिओडोन्टाइटिस) बढ्दै गयो भने दाँतको बीचमा खाली ठाउँहरू बन्न थालेको देख्नुहुन्छ ।

दाँतलाई समात्ने हड्डी क्षय हुँदै जाँदा दाँतहरू खुकुला हुन सक्छन् । यदि यो अवस्था नियन्त्रण गरिएन भने हड्डीको क्षति निकै गम्भीर स्तरमा पुगेर दाँत झर्न सक्छ ।

लगातार सास गन्हाउने अनुभव पनि गर्न सक्नुहुन्छ । तपाईँले यी लक्षणहरू अनुभव गर्न थाल्दा तत्कालै दन्तचिकित्सकलाई भेट्नुहोस् ।

७. पानी पिउनुहोस् र जिब्रो सफा राख्नुहोहोस्

सास ताजा पार्न केही तत्कालै केही अन्य काम पनि गर्न सकिन्छ । जस्तै प्रशस्त पानी पिउनुपर्छ किनभने यसले मुखलाई सुक्खा रहन दिदैन । मुख सुक्खा हुँदा ब्याक्टेरिया बढ्न सक्छ ।

स्क्रेपरले आफ्नो जिब्रो सफा गर्नुहोस् । यसले सास गन्हाउन सघाउने खानाका कण, ब्याक्टेरिया र मृत कोशिकाहरू हटाउँछ ।