भ्रष्टाचार मुद्धामा सशस्त्रका चार आईजीपीले पाए सफाई


काठमाडौं – विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)लाई सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।

सामान ढुवानीका क्रममा भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्धा दायर भएको थियो । उक्त रिटमाथि सोमबार भएको बहसपछि आरोप स्थापित हुन नसक्ने भन्दै विशेष अदालतले उनीहरुलाई सफाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement