सिमरा – बारामा सशस्त्र प्रहरीका जवानले ब्यारेकभित्रै आत्महत्या गरेका छन् ।
बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत सशस्त्र प्रहरी जवान बिमल भण्डारीले ब्यारेक भित्रै आत्महत्या गरेका हुन् ।
जीतपुर सिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय भण्डारीले ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेको गुल्मपति हरि श्रेष्ठले जानकरी दिए ।
ब्यारेकका सुरक्षाकर्मीले शुक्रबार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक (डिएसपी) गोविन्द पुरीले भण्डारीको शव परीक्षणका लागि वीरगन्ज पठाएको जानकार दिए ।




प्रतिक्रिया