रामचन्द्रका लागि शशांकले छाडे सभापतिकाे दावी

रामचन्द्रका लागि शशांकले छाडे सभापतिकाे दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापतिको दावी छाडेका छन् ।

मंगलबार गणेशमान भवन चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेलको नाममा सहमति जुटे आफुले सभापतिको दावी छाड्न तयार रहेको बताएका हुन् ।

‘रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस भन्नुभएको छ । मेरो समर्थन उहाँलाई छ । उहाँकै नेतृत्वमा चुनावमा जानू उपयुक्त हुन्छ,’ बैठकमा कोइरालाले भने ।

१४ औं महाधिवेशनका लागि सो समूहबाट पौडेलसहित सशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहको दावी छ । साझा उम्मेदवार बनाउन कार्यकर्ताले दबाब दिइरहेका छन् । अर्को बैठक भोलि बुधबार पुनः बस्नेगरि सकिएको छ ।