काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् ।
शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सकिएलगत्तै बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साझा उम्मेदवार चयनका लागि जुटेको संस्थापन इतर पक्षको बैठकबाट बाहिरिँदै नेता कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जानकारी दिए ।
आकांक्षी तीन जनाबीच सहमति नजुटेको उनले बताए । ‘म प्रतिस्पर्धाबाट बाहिरिसकेको छु’ कोइरालाले भने ‘तीनजना बीचमा सहमति हुन सकेको छैन ।’ कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउनु पर्ने बताए । ‘शेखर र प्रकाशमान बाहिरिएर रामचन्द्र पौडेललाई नै साझा उम्मेदवार बनाउनुपर्छ’ उनले भने ।




प्रतिक्रिया