संस्कार समाजको अध्यक्षमा पुनः गुरुङ निर्वाचित

संस्कार समाजको अध्यक्षमा पुनः गुरुङ निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संस्कार समाज नेपालको अध्यक्षमा पुनःपशुपति गुरुङ सर्वसम्मत चयन भएकी छन् । आइतबार संस्थाको कार्यलय सुन्धारामा सम्पन्न दोश्रो साधरण सभाबाट गुरुङको अध्यक्षतामा ७ सदस्सीय नयाँ कार्य समिति गठन भएको छ ।

संस्थाको उपाध्यक्षमा रुपा नेपाली, सचिवमा प्रकाश ‘समीर’, सहसचिवमा माया देवीआचार्य तिवारी, कोषाध्यक्षमा लीलामाया गुरुङ, सदस्यहरुमा देवी कमार, मिथिला कर्मचार्य निर्विरोध चयन भएका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक पुरुषोत्तम पोखरेलले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

संस्थापक अध्यक्षसमेत रहेकीअध्यक्ष गुरुङले दोश्रो पटक आफूलाई अध्यक्ष पद सुम्पिएकोमा सम्पूर्ण सदस्यहरुलाई आभार व्यक्त गर्दै आफू तन, मन, धन, वचन र कर्मले अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रतिवद्धता व्यक्त गरिन् ।

वार्षिकोत्सव कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै का.म.न.पा. वडा नं. २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले संस्कार समाज नेपाल नमूना संस्थाको रुपमा स्थापित भईसकेको बताए ।

त्यस्तै समाजसेवी पुरुषोत्तम पोखरेल, पत्रकार बलराम कोइरालाले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले अगाडि बढाएका कार्यक्रमहरु समाज र राष्ट्रका लागिअति महत्वपूर्ण रहेको उल्लेख गरे ।

संस्थाले संचालन गर्दै आएको समृद्ध राष्ट्र निर्माण महाअभियानको १५० औं श्रृङ्खला सम्पन्न गरेको छ भने हरेक महिनाको १ गते, विहान ८ बजे, १ घण्टा, १ सय मिटर दुरीमा देशव्यापी सरसफाई महाअभियान संचालन गर्दै आएको छ ।

स्कूल स्कूलमा असल संस्कार, देशभरका सार्वजनिक यातायातहरुमा सचेतना अडियो सामग्री, डस्विन वितरण जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको छ ।