प्रधानमन्त्री बालेनलाई हिटलरसँग तुलना गरिएकामा रास्वपाको आपत्ति

प्रधानमन्त्री बालेनलाई हिटलरसँग तुलना गरिएकामा रास्वपाको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना वरिष्ठा नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को तुलना तानाशाह हिटलरसँग गरिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद सुशान्त वैदिकले बालेनमाथि लगाइएको उक्त आरोप संसदको अभिलेखबाट हटाउन माग गरे ।

संसदको सून्य समयको कार्यक्रम सकिएर विशेष समयमा प्रवेश गर्नुअघि वैदिकले नियमापत्ति जनाएका थिए । प्रधानमन्त्री शाहलाई हिटलरसँग तुलना गरिनु असंसदीय मात्र नभई लाखौं निर्दोष मानवमाथि भएको ऐतिहासिक नरसंहारप्रति संवेशदनहीन र अपमानजनक पनि रहेको उनले बताए ।

संसदजस्तो गरिमामाय स्थलमा प्रयोग हुने भाषा, मर्यादित, जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने वैदिकको भनाइ थियो । ‘यस गरिमामाय संदनमा सरकारको आलोचान गर्ने क्रममा विश्व इतिहमासकै अत्यन्तै घृणित, अमानवीय र संवेदनहीन विषय हिटलर तथा ग्यास चेम्बरजस्ता विषयसँग तुलना गरिएको अभिव्यक्तिप्रति म गम्भीर नियमापत्ति जनाउन चाहन्छु ।’

उनले थपे यस्तो तुलना केबल असंसदीइ मात्र होइन, लाखौं निर्दोष मानवमाथि भएको ऐतिहासिक नरसंहारप्रति संवेदनहीन र अपमानजनक पनि छ’, वैदिकले भने, ‘संसदजस्तो गरिमामाय स्थलमा प्रयोग हुने भाषा, मर्यादित, जिम्मेवार र तथ्यमा आधारित हुनुपर्दछ ।अतः उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाई सम्बन्धित माननीय सदस्यलाई आफ्नो भनाइ फिर्ता लिन निर्देशन गरियोस् भन्ने माग गर्दछु ।’ सभामुख अर्यालले वैदिकले उठाएको विषयमा सदनको ध्यानाकर्षण भएको बताए ।