मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिंदै, नपाउने निश्चित

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिंदै, नपाउने निश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ, जहाँ सिंहले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन्।

प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाका अनुसार, सिंहले केही दिनअघि प्रदेश सभामा पत्र पठाउँदै विश्वासको मत लिने तयारी भएको जानकारी दिएका थिए। सोही अनुरूप आजको बैठक आह्वान गरिएको हो।

मुख्यमन्त्री सिंहले यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजीनामा दिने घोषणा गरेका थिए। तर, त्यसपछि आफ्नो निर्णय परिवर्तन गर्दै उनले सामाजिक सञ्जालमार्फत ‘जनधनको क्षति नहोस्’ भन्ने उद्देश्यले भावनात्मक रूपमा राजीनामा लेखेको दाबी गरेका थिए।

उनको यथोचित स्पष्टता नआएपछि आफ्नै दल जनमत पार्टीले भदौ ३१ गते सिंह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी सभामुखसमक्ष पेश गरेको थियो। संविधानअनुसार, समर्थन फिर्ता भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता अब सिंहमाथि आइलागेको हो।

जनमत पार्टीले उनलाई राजीनामा दिन दबाब दिँइरहेका बेला  मुख्यमन्त्री सिंहले पार्टी निर्णय विपरित आज विश्वासको मत लिन लागेका हुन्।

२५ जेठ २०८२ मा नेकपा एमाले र माओवादी केन्द्रसहित ६ दलका ५५ सांसदको समर्थनमा जनमत पार्टीबाट सिंह मुख्यमन्त्री बनेका थिए। पछि केन्द्रमा कांग्रेस(एमालेको नयाँ गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएपछि २०८२ असार १२ गते उनलाई कांग्रेसले विश्वासको मत दिएको थियो।

अब सिंहको विश्वासको मतले मधेश प्रदेशको राजनीतिक भविष्यलाई नयाँ मोड दिनेछ।