काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको छ । मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
मंगलबार जनकपुरमा बसेको प्रचण्ड–माधव पक्षीय बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै महतोलाई आफ्नो पक्षको दलको नेता चयन गरेको हो ।
प्रदेश २ मा नेकपाका ३२ जना सांसद रहेका छन् । १९ जना सांसद प्रचण्ड–नेपाल समूहमा छन् । योसँगै प्रदेश २ मा प्रचण्ड–नेपाल समूहको बहुमत पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका मण्डल प्रदेश २ का इन्चार्ज समेत हुन् ।




प्रतिक्रिया