बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


काठमाण्डु- सत्ता गठबन्धनको बैठक सुरु भएको छ । शनिबार बालुवाटारमा नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथाबत राख्न जोड दिएका थिए ।