उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम भएपछि सत्ता गठबन्धनको बैठक बस्यो

उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम भएपछि सत्ता गठबन्धनको बैठक बस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको बैठक जारी छ । आइतबार सिंहदरबारमा बसिरहेको सत्ता गठबन्धनको बैठकले उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउने जनाइएको छ ।

सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने सत्ता गठबन्धनको तयारी छ । सोही अनुसार आज बैठक बसेको हो । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ ।