काठमाण्डु – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ गते संघीय निर्वाचन गर्न सहमत भएका छन् । बुधबार बसेको बैठकमा ४ मंसिरमा संघ र प्रदेशको निर्वाचन गर्न गठबन्धन दलहरुमा सहमति जुटेको हो ।
अब बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको तयार गर्नका लागि १२० दिनको आवश्यक पर्ने बताउँदै २२ असारमा सरकारसमक्ष २ मङ्सिरको मिति प्रस्ताव गरेको थियो ।
तर आयोगले सरकारसमक्ष मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले हालसम्म मिति घोषणा गरेको छैन् । आयोगले सरकारले संघीय चुनावको मिति घोषणा गर्नमा ढिलाई गरेकोसमेत दावी गरेको छ ।
असोज कार्तिकमा दसैँ तिहारको समय हुने र मङ्सिरको दोस्रो सातापछि हिमाली क्षेत्रमा हिमपात हुने जस्ता कार मङ्सिर पहिलो साताभित्र चुनाव गर्न सकारलाई आयोगले सुझाव दिँदै आएको छ ।




प्रतिक्रिया