काठमाण्डु- सत्ता गठबन्धनको बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
आजको बैठकमा गठबन्धन दलबीच सरकारलाई पुर्णता दिनेबारे छलफल हुने जनाइएको छ । आजको बैठकमा ठोस छलफल गरेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अबको केही दिनमै सरकारलाई पूर्णता दिने बताएका छन् । दोस्रो पटक प्रतिनिधिसभा बैठकबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिने सत्ता गठबन्धनभित्र छलफल गरिरहेका छन् । सत्ता गठबन्धनमा सहभागि सबै दलले शक्तिशाली मन्त्रालयमा दाबी गरेपछि प्रचण्डलाई भागबण्डामा सहमति जुटाउन सकस परेको छ ।




प्रतिक्रिया