काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई पूर्णता दिन अन्तिम तयारीमा जुटेका छन् । दोस्रो पटक प्रतिनिधिसभा बैठकबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड सरकारलाई पूर्णता दिन निरन्तर छलफलमा जुटेका छन् ।
यसबैबीच आज बेलुका पनि उनले सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग मन्त्रिपरिषद् बिस्तारबारे छलफल गर्दैछन् । आज सत्ता गठबन्धनका शिर्ष नेतासँग ठोस छलफल गरेर भोली सरकारलाई पूर्णता दिने तयारी प्रचण्डको छ ।
जसअनुसार नेपाली कांग्रेस आठ मन्त्रालय, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २ मन्त्रालय लिनेगरी सत्ता गठबन्धनभित्र छलफल भइरहेको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिनेगरी छलफल चलेको छ । यसभन्दा अघि प्रचण्डले यहि १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका थिए । तर, सत्ता गठबन्धनमा भागबण्डामा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् ।
हाल प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी स्यवम आफैले सम्हालिरेका छन् ।




प्रतिक्रिया