यी हुन् बालुवाटार बैठकले गरेका तीन निर्णय

यी हुन् बालुवाटार बैठकले गरेका तीन निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ ।

बिहीबार बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ ।

यसभन्दा अघि बसेको सत्ता गठबन्धनको बैठक कोशीमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यस्तै आजको बैठकले मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने निर्णय पनि गरेको छ। बुधबार संसदमा टेबल हुन नसकेपछि मिटरब्याजी सम्बन्धी अध्यादेश निष्क्रिय भएको छ ।