राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन दलहरुबीच भागबन्डामा जुटेन सहमती

राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन दलहरुबीच भागबन्डामा जुटेन सहमती


काठमाण्डु- राष्ट्रियसभा निर्वाचन अन्तर्गत सिटबाँडफाँडबारे छलफल गर्न बसेको गठबन्धन को बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको हो ।

आजको बैठकले राष्ट्रियसभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको थियो । तर, बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे सैद्धान्तिक विषयमा मात्र छलफल भएको जनाइएको छ । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत भागबन्डा मिलाउन सत्ता गठबन्धनमा आवद्ध दलहरु निरन्तर छलफलमा जुटेका छन् । तर, पनि हालसम्म भागबन्डामा सहमती जुट्न सेकेको छैन ।