कोशीमा आएको मतपरिणाम अप्रत्याशित भएको सत्ता गठबन्धनको निष्कर्ष

कोशीमा आएको मतपरिणाम अप्रत्याशित भएको सत्ता गठबन्धनको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा आएको मतपरिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ ।

राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै कोशीमा आएको मतपरिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए ।

माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीको महिला क्लस्टरमा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी थिइन् । त्यसक्रममा गठबन्धनका मतदाताले एमाले उम्मेदवारलाई मत दिएका थिए ।