काठमाण्डु- सत्ता गठबन्धनले बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
मंगलबर गठबन्धनमा आबद्ध ४ दलका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूलाई बुधबार दिउँसो १ बजेभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
उक्त विज्ञप्तिमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।
संघ र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ ।





प्रतिक्रिया