सिट बाँडफाट गर्न सत्ता गठबन्धनलाई सकस

सिट बाँडफाट गर्न सत्ता गठबन्धनलाई सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी निर्वाचनका लागि सिट बाँडफाट गर्न सत्ता गठबन्धनलाई सकस परेको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका गठबन्धन दललाई मापदण्डमै सहमति नजुटेपछि सिट बाँडफाटको टुंगो लगाउन सकस परेको हो ।

सिट बाँडफाँटका लागि आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । तर मंगलबारको बैठक पनि बिना निष्कर्ष सकिएको कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

उनले बुधवार पुनः छलफल गरेर भदौ ९ गतेसम्म सिट टुंगो लगाइने गठबन्धनमा सहमति भएको बताए । सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु हालसम्म सहमतिमा पुग्न सकेका छैनन् ।