चुनावको तयारी तथा अनुगमनका लागि पौडेलको नेतृत्वमा समिति गठन, काे-काे छन् ?

चुनावको तयारी तथा अनुगमनका लागि पौडेलको नेतृत्वमा समिति गठन, काे-काे छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनले स्थानीय चुनावमा तालमेलकाे माेडालिटी तय गर्न निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । समितिमा काँग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई, भौतिकमन्त्री रेणुकुमारी यादव र जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन् ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष गठबन्धनले निकालेको छ ।