देशव्यापी तालमेलको आह्वानसहित संयुक्त विज्ञप्ति जारी गर्ने गठबन्धनको निर्णय

देशव्यापी तालमेलको आह्वानसहित संयुक्त विज्ञप्ति जारी गर्ने गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनले देशभर चुनावी तालमेलको आह्वानसहित संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ । शुक्रबार बिहान प्रधानमनत्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा तालमेल गर्न आह्वान गर्दै संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित अनुगमन समितिले निर्वाचनका सम्दर्भमा संयक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

पौडेल नेतृत्वको समितिको केही दिन अगाडि बसेको बैठकले चैत २६ गतेभित्र देशभरीको अवस्थाबारे केन्द्रमा रिपोर्टिङ गरिसक्न निर्देशन दिएको थियो ।

जिल्लाबाट रिपोर्टिङ आएपछि पुनः २७ गते बस्ने बैठकले थप निर्णय गर्नेछ । सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने र बाँकी स्थानीय तहमा मातहतका पार्टी कमिटीले उम्मेदवार तय गर्नेगरी यसअघि नै निर्णय गरिसकेका छन् ।