काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनले आगामी चुनावमा स्थानीय मा हुने सहमतिअनुसार अघि बढ्ने निर्णय गरेको छ ।
सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको आइतबार बसेको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निर्णय गरेको हो । यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा सोमबार संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ । सत्तारुढ गठबन्धनको बैठक सोमबार विहान ९ बजे बस्नेछ ।




प्रतिक्रिया