काठमाण्डु – सत्ता गठबन्धनले वैशाख ४ गतेभित्र तालमेल र उम्मेदवारको टुंगो लगाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले वैशाख ४ भित्र गठबन्धन र उम्मेदवारको टुंगो लगाएर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएकाे हो ।
बैठकमा स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने रिपोर्ट वैशाख ४ सम्म लिएर तालमेलको लागि तलबाटै रिपोर्ट माग्ने र सम्बन्धित दलले उम्मेदवार तय गर्नेबारे थप सहमति भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । गठबन्धनले स्थानीय तहको वस्तुस्थिति पठाउन यसअघि पनि २ पटक समय थप गरिसकेको थियो ।




प्रतिक्रिया