भोलिसम्म महानगर/उपमहानगरका उम्मेदवार टुंग्याउने गठबन्धनको निर्णय

भोलिसम्म महानगर/उपमहानगरका उम्मेदवार टुंग्याउने गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनले भोलिसम्म महानगर/उपमहानगरका उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ ।

वालुवाटारमा आइतबार बसेको गठबन्धनका शिर्ष नेतृत्वको बैठकले भोलि सोमबारसम्म महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि शीर्ष नेताहरुबीच भोलिसम्म उम्मेवदार टुंगोलगाउने विषयमा सहमति जुटेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

उनले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने समेत निर्णय भएको जानकारी दिए ।