काठमाण्डु- पाँच दलीय सत्ता गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउनको लागि आज गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले बताए ।
उक्त बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल हुने जनाइएको छ । आइतबारको बैठकमा माओवादीले भरतपुर,एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरे पनि काँग्रेस मान्न तयार छैन ।




प्रतिक्रिया