चितवनमा शक्ति प्रदर्शन गर्दै सत्ता गठबन्धन, क–कसले गर्दैछन् सम्बोधन ?

चितवनमा शक्ति प्रदर्शन गर्दै सत्ता गठबन्धन, क–कसले गर्दैछन् सम्बोधन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै भरतपुरमा सत्ता गठबन्धन दलले बृहत् आमसभाको आयोजना –गर्ने भएको छ ।
२२ वैशाखमा केन्द्रीय बस टर्मिनल (पारस बसपार्क)मा गठबन्धनका पाँचै दलका केन्द्रीय नेताहरूको सहभागितामा आमसभा हुन लागेको हो ।

आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल , कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने चितवन कांग्रेसका उपसभापति राजीव न्यौपानेले जानकारी दिए ।

त्यस्तै जनता समाजवादी र राष्ट्रिय जनमोर्चा (राजमो)को केन्द्रीय तहका नेताले पनि आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । आमसभामा घरघरबाट जनसहभागिता जुटाउनको लागि व्यापक तयारी थालिएको उनले बताए । सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाललाई उम्मेदवार बनाएको छ भने उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् ।