काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक सोमबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रचण्ड तीन दिने भारत भ्रमणबाट फर्के लगत्तै गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा नागरिकता विधेयक लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।
आजै बिहान गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द कोइराला (बन्दी) ले माओवादी अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमै पुगेर भेट गरेका थिए ।
संसदमा पेश भएर छलफलका लागि पारित भएको नागरिकता विधेयकका विषयमा प्रचण्ड लगायतका नेताहरुसँग गृहमन्त्री खाण र कानुनमन्त्री बन्दीले ब्रिफिङ गरेको हुन् ।




प्रतिक्रिया