सत्ता गठबन्धनको बैठक बस्दै, टुंगिएला सिट बाँडफाट ?

सत्ता गठबन्धनको बैठक बस्दै, टुंगिएला सिट बाँडफाट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पुन बस्ने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बस्ने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले आजको बैठकले सीट बाँडफाँटका विषयमा ठोस निष्कर्षमा पुग्ने सम्भावना रहेको बताए ।

सीट बाँडफाँटका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले मापदण्डमा छलफल गरे पनि ठोस प्रस्ताव तयार पार्न सकेको छैन । शीर्ष तहबाट बाँडफाँटको मापदण्डमा सहमति जनाएपछि निर्वाचन क्षेत्रको बाँडफाँट हुने बताइएको छ ।