काठमाण्डु – सिट बाँडफाँटका लागि बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ ।
दलका नेताहरु आ–आफ्नो दाबीबाट पछि नहटेपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक आज पनि बीना निष्कर्ष सकिएको हो ।
सिट बाँडफाटमा आज पनि कुनै ठोस निर्णय नभएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । नेपाली कांग्रेसले चुनावी तालमेल गर्दा १०० सिट पाउनुपर्ने दावी गरेको छ भने माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् ।
सबै दलले सोही अडान नछाडेपछि बिहीबार ११ बजे पुनः बस्ने गरी बैठक सकिएको छ । बिहीबार बस्ने गठबन्धनको बैठकले सिट बाँडफाँटबारे एउटा ठोस निष्कर्ष दिने उनको भनाई छ ।




प्रतिक्रिया